बिद्युतिय माध्यमबाट बोलपत्र आहवान गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतिय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैया बचत गरेको छ । चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा ४३ वटा बिभिन्न शिर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान गरिएको थियो । जसमा ठेक्दार कम्पणीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयामा उक्त योजनाको ठेक्का कबोल गरेका थिए । उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ ।

त्यस्तै उपमहानगरपालिकाले बिभिन्न ८ वटा शिर्षकमा गरिएको १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाको बोलपत्र आहवानमा ठेक्कदार कम्पणीले १ करोड १ लाख ४७ हजार ९ सय ५८ रुपैयामा घटेर कबोल गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । बिद्युतिय माध्यमबाट बोलपत्र आवहान गर्दा प्रोफेस्नल निर्माण व्यवसायहरुलाई काम पाएको र पैसा चलायमान भएको सुचना प्रबिधि शाखा प्रमुख ई. संघर्ष बिडारीले जानकारी दिनुभयो ।

उनले यस्तो क्रियाकलाबले रोजगारी श्रृजना गरेको र सरकारलाई कर समेत प्राप्त भएको बताउँनुभयो । ठेक्का मार्फत काम हुदा कामको गुणस्तर राम्रो हुने र त्यस्ता कामहरुको मर्मत सम्भारको जिम्मा पनी सम्बन्धित निर्माण कम्पनीलाई नै रहने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जसले दिर्घकालिन रुपमा यस्को प्रभाब राम्रो हुने र नगरपालिकाको भैतिक बिकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन् ।