कृषकहरुलाई अनुदानमा कृषि मोटर बितरण हुँदै

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कार्यालयले कृषकहरुलाई वडा स्तरीय बजेटबाट अनुदानमा कृषि मोटर बितरण गरिरहेको छ ।

५० प्रतिशत अनुदानमा बितरण भईरहेको कृषि मोटर पहिलो चरणमा ४० जनालाई सिँचाई गर्नकालागि बितरण गरिएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो । बाँकी ४० जनालाई केहि दिनमै कृषि मोटर बितरण गरिने उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालयले रु २५ हजार पर्ने कृषि मोटर कृषकहरुलाई १२ हजार ५ सय रुपैयामा बितरण गरेको हो । वडा कार्यालयले चैत्र २१ गते सार्बजनिक रुपमा सुचना निकालि कृषि मोटरकोलागि आहवान गरेको थियो । जसमा ८० जनाले मोटरकोलागि दर्खास्त दिएका थिए ।

वडा नं.१८ को कार्यालयले यस भन्दा अगाडि कृषकहरुलाई निशुल्क रुपमा घाँसको बिउँ बितरण गरेको थियो । वडा नं.१८ मा अधिकाँश मानिसहरु जिबिकोपार्जनकोलागि कृषि पेसामा आबद्ध छन् ।