सिमरामा गाडिको ठक्करले प्रहरी जवानको मृत्यु

रञ्जन यादब /बारा

बाराको सिमरामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गएराती परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल टेलिकम नजिक राजमार्गमा पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले ट्याङकर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।