पाँच लाख घुस रकमसहित जीतपुरसिमरा-३ का वडा अध्यक्ष कार्की पक्राउ

बारा, मंसिर २ गते ।

घुस लिदै गर्दा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । जीतपुरको एकहोटेलमा सेवाग्राही संग पाँच लाख रकम घुस लिदै गर्दा वडा अध्यक्ष तारा बहादुर कर्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोटोलीले पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकमसहित पक्राउ गरिएको अख्तियारदुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोगअनुसन्धान आयोग हेटौडाले बताएको छ ।

रकमसहित पक्राउ परेका वडा अध्यक्ष कार्कीले आफ्नो बचाउको लागि पाँच लाख रकम मंदिर निर्माणको लागि डोनेसन लिएकोबताएका छन् ।

यता पिडित सिमरा निवासी राजन उप्रेतिले आफु संग घरबाटो सिफारिसको लागि वडा अध्यक्ष बारम्बार पैसा लिएको आरोप लगाएकाछन् । बारम्बार पैसा मागेपछि आफु अख्तियारलाई खबर गरेर रंगेहात पक्राउ गराएको उहाले बताउनु भयो ।

वडा अध्यक्ष तारा बहादुर कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् ।