कलैया, ०४ माघ ।
बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ ।
आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।