रञ्जन यादब /बारा ०२ बैशाख
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा विद्युत् सर्टका कारण आगलागी हुँदा कार्यालय प्रमुखको कार्यकक्ष पूर्णरूपमा नष्ट भएको छ। मंगलबार राति करिब १२ बजे भएको उक्त आगलागीले कार्यालयको दोस्रो तल्लामा रहेको प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा ठूलो क्षति पु¥याएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टकै कारण आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीका कारण कार्यकक्षभित्र रहेका ल्यापटप, एसी, फर्निचरलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। कार्यालय सुरक्षामा खटिएका सुरक्षाकर्मीले कोठाबाट धुवाँ निस्किएको देखेपछि तत्काल अन्य कर्मचारीलाई जानकारी गराएका थिए। त्यसपछि कर्मचारी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा फायर एक्स्टिङ्गुइजर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो

।ार्यालय प्रमुख डिल्लीराज लेखकले आगलागीबाट कार्यकक्षमा रहेका सबै सामग्री क्षति पुगेको पुष्टि गर्दै क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताए। यस्तै, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले पनि विद्युत् सर्टकै कारण आगलागी भएको प्रारम्भिक निष्कर्ष रहेको जानकारी दिँदै कुल क्षतिको मूल्याङ्कन प्रक्रिया जारी रहेको उल्लेख गरे।

