रञ्जन यादब /बारा
अब नेपाली नागरिकताको सिफारिसका लागि अनलाइन प्रणाली अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका साहयक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले एक सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत मात्र सिफारिस गर्न सकिने जानकारी दिएको हो । सूचनामा भनिएको छ, “स्थानीय तहको वडा कार्यालयबाट अब नयाँ नागरिकताको सिफारिस अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत मात्र गर्नुपर्नेछ।
” गृह मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको यो प्रणालीका लागि बारा जिल्लाका सबै वडाध्यक्ष, सूचना प्रविधि अधिकृत, अपरेटर तथा वडासचिवहरुले तालिमसमेत प्राप्त गरिसकेको जनाइएको छ ।यो नयाँ व्यवस्था २०८२ साल जेठ १६ गतेदेखि बारा जिल्लाको १६७ वटै वडा कार्यालयहरुमा यो ब्यवस्था लागू हुने र त्यसपछि सिफारिसको कागजी प्रक्रिया पूर्ण रूपमा बन्द गरिने जनाइएको छ । जिल्ला प्रशासन बाराले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउनका लागि यो कदम उठाइएको स्पष्ट पारेको छ।