hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

सिम्रौनगढमा सेनाले बिद्यार्थी र शिक्षकहरुलाई एकदिने विपद् व्यवस्थापन प्रशिक्षण

बाराको सिम्रौनगढमा नेपाली सेनाले बिद्यार्थी र शिक्षकहरुलाई एकदिने विपद् व्यवस्थापन प्रशिक्षण दिएको छ । सिम्रौनगढ नगरपलिका वडा नं.७ स्थित श्री कन्काली माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिएको हो ।

नेपाली सेनाको रिपुमर्दन गण बारा, कलैयाको आयोजनामा भएको तालिममा सेनाले विद्यार्थीहरूलाई आगलागी, बाढी र भूकम्पजस्ता विपद्बाट कसरी जोगिने भन्ने बारे सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिएको थियो। यसका साथै प्राथमिक उपचारका तरिकाहरू पनि सिकाइएको थियो। रिपुमर्दन गण बारा, कलैयाका मेजर खड्ग ध्वज कार्कीको कमान्डमा ६० जना सेना र २०० जना विद्यार्थी तालिममा सहभागी थिए। मेजर कार्कीले विपद्को समयमा कसरी सुरक्षित रहने र अरूलाई सहयोग गर्ने भन्ने बारे जानकारी दिएका थिए ।