hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet girişholiganbet

जीतपुरसिमराको विद्यालयमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी, कक्षा १ देखि ३ सम्म बिद्यार्थीको ब्यक्तिगत पोर्टफोलियोु र एकीकृत पाठ्यक्रमु अनिवार्य

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयलाई नयाँ शैक्षिक कार्यक्रम लागू गर्नका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको निर्देशनअनुसार अब कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि ‘व्यक्तिगत पोर्टफोलियो’ तयार गरिने शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख अधिकृत दशौँ शिवजी प्रसादले जारी गरेका सुचनामा उल्लेख छ। जसअनुसार विद्यार्थीको सिकाइ प्रक्रिया, प्रस्तुति र सीपको मूल्यांकन गरेर यो पोर्टफोलियो बनाइनेछ ।

यससँगै अब ती कक्षाहरूमा ‘एकीकृत पाठ्यक्रम’ पनि लागू गरिनेछ, जसमा विभिन्न विषयहरूलाई एकसाथ समेटेर सिकाइ हुनेछ ।शैक्षिक सत्र २०८२ बाट अनिवार्य रुपमा यो कार्यक्रम सामुदायिक तथा संंस्थागत सबै विद्यालयले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। यसबारे विस्तृत जानकारीका लागि पाठ्यक्रम विकास केन्द्रले यसलाई लागु गर्न सहज होस भन्ने हेतुले निर्देशिका र कार्यक्रम कार्यान्वयन कार्यबिधि २०८१।०८२ निर्माण गरेको छ ।नगर कार्यपालिकाले सबै विद्यालयहरूलाई यो सूचना गम्भीरताका साथ लिन आग्रह गरेको छ र पालना नगरे कारबाही हुने स्पष्ट चेतावनी पनि दिएको छ। यसलाई कार्यान्वयनकोलागि प्राथमिक तहका बिद्यालयका शिक्षक र प्रधानध्यापकहरुसँग छलफल चलाउँने योजना रहेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।