जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने ,प्रतियोगितामा छात्र र छात्रा दुबैको खेल हुने

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर बिद्यालय प्रथम फुटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा हुने प्रतियोगिताको बारेमा सचिवालय बिद्यालय श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ,नितनपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सचिवालय बिद्यालयका प्रधानध्यापक जय प्रकाश रायले पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ ३ गते देखि १२ गते सम्म चल्ने जानकारी दिएका हुन् ।उनले २७ वटा बिद्यालयको सहभागिता हुने प्रतियोगितामा छात्र तथा छात्रातर्फ प्रथम हुनेले रु १० हजार र द्धितीय हुनेले रु ७ हजार ५ सय मेडल ,शिल्ड र प्रमाणपत्र पाउँने प्रधानध्यापक रायले बताए । प्रतियोगितामा मा.बि. छात्रतर्फ १२ वटा र छात्रा तर्फ ६ वटा बिद्यालयको सहभागिता रहनेछ । त्यस्तै आधारभुत छात्रतर्फ १० वटा र छात्रातर्फ ४ वटा बिद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको प्राबिधिक पक्ष देखिरहेका नव जनजागृती युवा क्लबका महासचिव शम्भु सिँह ठकुरीले प्रतियोगिता दुई सिफटमा आयोजना हुने बताए ।

गर्मीको समय भएकाले प्रतयोगिता बिहान र बेलुका दुई सिफटमा सञ्चालन हुने जानकारी दिए । उनले एन्फाको पुरै निती नियम लागु गर्ने शम्भव नभएपनि खेल मर्यादित र ब्यवस्थित हुने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी प्रतियोगिताको अध्यक्षता ग्रहण गरिरहेका वडा नं.१० का वडा अध्यक्ष संजय पटेलले प्रतियोगिताको लागि फिल्ड ब्यवस्थित पार्ने काम वडा कार्यालयले गरेको बताए ।

जीतपुरसिमरा उपमहानगरमा प्राय जसो प्रतियोगिताहरु उत्तरतर्फ भईरहदा दक्षिणतर्फ प्रतियोगिता हुन थाल्दा यसले यहाँका स्थानीय र बिद्यार्थीमा नयाँ उत्साह तथा उमङ्ग थपेको बताए । पुरस्कार राशी कम भएको गुनासो तर्फ वडा समितीमा छलफल गरी बढाउँन सक्नेतर्फ वडा अध्यक्ष पटेलले सङ्केत गरे । प्रतियोगितामा २८ वटा खेल हुने आयोजकले जनाएको छ ।जीतपरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न रु ५ लाख बजेट छट्याएको छ । प्रतियोगिता अवधिभर खेलाडिहरुको रु ५ लाखको दर्घटना बिमा पनि गरिएको आयोजकले जनाएको छ ।