रञ्जन यादब /बारा
जीतपुरसिमराको जीतपुरमा बिहीवार देखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । जीतपुरको शान्ति टोल मैदानमा भईरहेको महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पुर्ब मन्त्री श्रेष्ठले औधोगिक करिडोरको मुटु जीतपुर भएका कारण यसको बिकासमा हरेक पक्ष लाग्नुपर्ने जोड दिएका छन् ।जीतपुरमा महोत्सव लाग्नु ज्यादै खुसीको कुरा भएकाले यसलाई सफल पार्नमा सबैलाई लाग्न अनुरोध गरे ।
एक जना चाहेर वा एक पक्षले चाहेर बिकास निर्माण कार्य सम्भव नभएकाले सबैको हातेमालो आवश्यक रहेको बताउँनुभयो । उनले महोत्सवलाई बढीमा ११ दिनसम्म लगाउँन सल्लाह दिए । त्यस्तै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सकेसम्म महोत्सवलाई छोटो गर्न सल्लाह दिए । हावाहुरी र गर्मीको पनि समय भएकाले सकभर एक हप्तासम्म महोत्सव लगाउँन अनुरोध गरे । उनले महोत्वमा उच्छृङ्गल गतिबिधि नगर्न र अश्लिल गित सङ्गीत तथा नृत्य प्रस्तुत नगर्न निर्देशन दिए । वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले जीतपुर लगायतका क्षेत्रलाई चलायमान बनाउँन यो महोत्व महत्वपुर्ण रहेको बताए । जेठ २५ गतेसम्म आयोजना हुने महोत्सवले जीतपुरको पहिचान स्थापित गर्ने र बजारलाई थप चलायमान गर्न मद्दत पुर्याउने विश्वास ब्यक्त गरे ।
वडा अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले ब्यक्त गरेका थिए । महोत्वसमा विभिन्न क्षेत्रका व्यावसायिक स्टल, बाल उद्यान, खेल र प्रदर्शनीसहित महोत्सव अवधिभर दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।महोत्सवलाई झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।