रञ्जन यादब /बारा
युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाई.सि.एल) नेपालको जितपुरसिमरा उपमहानगर समिति अन्तर्गत दोस्रो नगर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट प्रदीप लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।नवगठित कार्यसमितिको अध्यक्षमा प्रदीप लामिछाने चयन भएका छन् भने उपाध्यक्षहरूमा . राजन थिङ, बिमा कुमारी वाइबा र संजय राम चयन भएका छन् ।सचिवमा सुनिल थापा रहनुभएको छ भने उपसचिवमा उमर हसन मंसुरी,सुसान्त तमाङ्ग र सुकुमाया बि.क.चयन भएका छन्।कोषाध्यक्षमा भने .योगेन्द्र चौधरी चयन हुनुभएको छ ।
यस नयाँ कार्यसमिति ५५ सदस्यीय संरचनामा गठन गरिएको योङ्ग कम्युनिस्ट लिग (वाई.सि.एल) का बारा जिल्ला ईन्चार्ज रुकु पाख्रिनले जानकारी दिईन् । सम्मेलनमा बिभिन्न पार्टि परित्याग गरी करिब १ सय जना युवाहरु वाई.सि.एल.मा प्रबेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ने.क.पा . माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज अनिल श्रेष्ठले खाँदा र टिका लगाएर वाई.सि.एल.मा प्रबेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अनुशासन नै पार्टिको गहना भएकाले अनुशासन बिहिन पाटिको नेता तथा कार्यकर्ता पाटिकोलागि घातक हुने बताए । अनुशासन उल्लघन गरेर अरु पाटिमा जानेको दयनिय अवस्था सारा दुनियाले देखिसकेको बताए ।प्रतिभावान ब्यक्ति सानो गाउँठाउँमा जन्मेको भएपनि उसले समाजमा तथा देशलाई पुरयाएको योग्दानले पुरा बिश्वले चिनेको उदाहरण प्रस्तुत गरे ।
कार्यक्रममा माओवादि केन्द्रका केन्द्रिय सदस्य सोनालाल साह ,बैकल्पिक केन्द्रिय सदस्य राजन पौडेल ,शिला खनाल , वाई.सि.एल.का केन्द्रिय बरिष्ठ उपाध्यक्ष केशर जंग कुवर , वाई.सि.एल.का केन्द्रिय सदस्य तथा बारा जिल्ला ईञ्चार्ज रुकु पाख्रिन , माओवादि केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल ,माओवादि केन्द्र कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साह , स्थानीय नेता भरत भण्डारी लगायतको सहभागिता रहेको थियो ।