रञ्जन यादब /बारा
नेकपा (माओवादी केन्द्र) बाराको जिल्ला समन्वय समितिको बैठकले जिल्लाभित्रका विभिन्न स्थानीय तहहरूमा संगठनात्मक कामलाई प्रभावकारी बनाउन पालिका ईञ्चार्जहरू तोकेको छ। बैठक जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा तथा बारा–पर्सा ईञ्चार्ज महेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले निर्णय गरेअनुसार सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको ईञ्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठलाई दिइएको छ।
महागढीमाई नगरपालिकामा सोनालाल साह, प्रसौनी गाउँपालिकामा गीता कँडेल चौलागाई, बिश्रामपुर र परवानीपुर गाउँपालिकामा राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकामा लिला कुमारी खनाललाई जिम्मेवारी दिइएको छ।त्यस्तै, कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाको जिम्मेवारी हरि चौलागाई, करैयामाई गाउँपालिकाको देवेन्द्र पराजुली, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकाको जिम्मेवारी तपेश्वर राय चौधरी, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको प्रभु प्रसाद यादव र निजगढ नगरपालिकाको जिम्मेवारी रबिराज दंगाललाई दिइएको छ।
जिल्लामा कार्यरत केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व प्रदेश समितिका सदस्यहरूलाई विभिन्न पालिकाहरूको जिम्मेवारी दिइएर पार्टीको संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने उद्देश्य रहेको जिल्ला ईञ्चार्ज श्रेष्ठले जानकारी दिनुभयो।