झब्राबाट दुई थान साल जातको गोलिया बरामद

रञ्जन यादब /

पर्सागढी नगरपालिका वडा नं.४ झब्राबाट गएराती १ बजे दुई थान साल जातको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा सबैया सब डिभिजन बन कार्यालयबाट गएको बन गस्ती टोलीले १५ क्युफिटको दुई थान साल जातको काठ बरामद गरेको रेञ्जर भुपाल रोकायले जानकारी दिए । बन गस्ती टोलीको गाडिको आवाज सुनेर साईकलमा काठ ल्याईरहेका काठ तस्करहरुले काठ छाडेर फरार भएको रेञ्जर रोकायले बताए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।