धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाडौं, पुस २९ गते । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएरछाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागिथुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको … Read more

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक

२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै

एजेन्सी । चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ । छ वटा कन्टेर दाल बन्दरगाहमा थन्किंदा दाल अभाव चर्किएको हो । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब … Read more

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन, पुस २८- चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो । यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने … Read more

वडा अध्यक्ष गुप्ताको अध्यक्ष्तामा जीतपुर स्कुलको व्यवस्थापन समिति गठन

एस.एस. पटेल, बारा । पुस २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार सो बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा सोहि वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन हुनुभएको हो । जिल्लाकै सबैभन्दा … Read more

कोल्हवीमा मोटरर्साइकल दुर्घट्नामा गम्भीर घाइते ज्ञान्त्री चौधरीको मृत्यु

बारा, पुस २७ गते । तामागढी–कोल्हबी सडकखण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्युभएको छ । कोल्हबी नगरपालिका २ की ५८ वर्षीया ज्ञान्त्री चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा राती ९ बजे मृत्युभएको हो । कोल्हबीबाट बगेवातर्फ जादै गरेको बा२९प ७०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएलगत्तै चौधरीलाई स्थानीय अस्पतालमा सामान्यउपचार गराई … Read more

बाराको कोल्हवीमा मोटरर्साइकल दुर्घट्ना हुदा दुई जना गम्भीर घाइते

डेस्क, पुस २६ गते । बाराको कोल्हवीमा मोटरर्साइकल दुर्घट्ना हुदा दुइ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नं २ अन्तर्गतपर्ने तामागढी सिम्रौनगढ हुलाकी सडकमा पर्ने बगेवा स्कुल नजिकै मोटरर्साइकल दुर्घट्ना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक स्थानिय कुन्दन चौधरी र स्थानिय एक महिला गम्भीर घाइते भएका छन्। थप जानकारी आउन बाकि … Read more

सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौँ, पुस २६- सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए विश्वासको मतमा २६८ मत

काठमाडौ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । पुष्प कमल दाहाल “प्रचण्ड” लाई २६८ सांसदले विश्वासको मत दिएका छन् भने २ जनाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत … Read more

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

काठमाडौँ, पुस २६- प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको … Read more