आगलागी हुँदा बालिकाको मृत्यु

रौतहट, चैत्र १५ गते ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।