जेसिबीको ठक्करबाट बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । Source: Naryani Online

केपी ओलीले भने: एमाले २०८४ मा एक्लै बहुमत ल्याउने मिसनमा छ

काठमाडौँ, असार २६ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको … Read more

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, ५ जनाको शव फेला

सोलुखुम्बु, असार २६ गते । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । पाइटलसहित ६ जना यात्रु बोकेर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । दुर्घटा स्थल बाट ‘अहिलेसम्म ५ वटा … Read more

सिमराबाट परीक्षा दिएर विश्रामपुर जादैगरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना गम्भीर घाईते

बारा, असार २५ गते । विरगञ्जको हरिखेतानका एक जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सिमराबाट ब्याचलर तेस्र‍ो वर्षको बोर्ड परीक्षा दिएर विश्रामपुर फर्किने क्रममा एक विद्यार्थीको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते समेत भएका छन् । परिक्षा केन्द्र सिमराबाट पर्साकको विश्रामपुर फर्किने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थितको … Read more

आज देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५– आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । उनकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका … Read more

सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भनेः प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ

काठमाडौं, असार २४- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्। ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र … Read more

सिमरा कलेजद्वारा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने जीतपुरका साहिद महमद सम्मानित

बारा, असार २३ गते । बाराको सिमराथित रहेको सिमरा कलेजको वि.वि.एसको बोर्ड परिक्षामा कलेजभर उत्कृष्ट नतिजा ल्याउने साहिद महमदलाई सिमरा कलेजले सम्मान गरेको छ । कलेजको पाँचौ कलेज सभामा वि.वि.एस तर्फ उत्कृष्ट नतिजा ल्याउने महमदलाई कलेजले सम्मान गरेको हो । कलेजले महमद संगै शिक्षा संकय तर्फ उत्कृष्ट नतिजा ल्याउने जीतपुरकै नेकाबुल अंसारीलाई पनि सम्मान गरेको … Read more

बाराको कोल्हवीमा एक घरबाट १६८ किलो अवैध लागूऔषध गाँजा बरामद

बारा, असार २१ गते । घरमा लुकाई छिपाई राखिएको अवैध लागूऔषध गाँजा बारा प्रहरीले बरामद गरेको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५को एक घरमा लुकाई छिपाई राखिएको १६८ किलो गाँजा बरामद भएको हो । विषेश सुचनाको आधारमा कोल्हवी ५ को सोनाभार टोलमा स्थानि जितेन्द्र चौधरीको घरमा बिहिवार खानतलासी गर्दा भारी मात्रामा अवैध गाँजा … Read more

बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते । बारामा लागुऔषध गाँजासहित एक महिला र दुई पुरूष पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन् । मंगलबार साझ ४ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ग … Read more

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ, असार १९ गते । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किशोरीलाई दोधारा चाँदनी नगरपालि वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय … Read more