सोलुखुम्बु, असार २६ गते ।
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।
पाइटलसहित ६ जना यात्रु बोकेर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । दुर्घटा स्थल बाट ‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन ।
मनाङ एयरको ९्एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटनास्थलमा काठमाडौंबाट उद्धारकर्मीहरू बोकेर अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ ।