जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न … Read more

पर्साबाट २२ लाख भन्दा बढि रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, माघ ४ गते । पर्सा जिल्लाबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्जको घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ … Read more

बारामा आगोले जलेर एक महिलाकाे मृत्यु

कलैया, ०४ माघ । बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय … Read more

सम्पति करको बिबाद समाधान गर्न उपमहानगरलाई ज्ञापनपत्र

बारा, माघ ४ गते । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीतपुरसिमरा उपमहानगरपालिकालाई बिबादित सम्पति कर समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । उपमहानगरले एकतर्फी रुपमा केही वर्ष पहिला १००० प्रतिशतले सम्पति कर बृद्धि गरेको थियो । कर बृद्धि पछि व्यापारीहरु पिडित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु, एक घाइते

बारा, माघ २ गते । बारा जिल्लामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । तीनजना सवार ना २६ प २२९५ नम्बरको  मोटरसाइकल दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र … Read more

रौतहटबाट ११ लाख भन्दा बढि रुपैयाँ बराबरको अवैध मदिरा प्रहरीको नियन्त्रणमा

रौतहट, पुस ३० गते । रौतहटबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछवा बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा क्षेत्र बाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी … Read more

बाराको सिमानाकामा सामान चेकजाँच गर्ने क्रममा विवाद, दुई प्रहरी घाइते

बारा, पुस ३० गते । बारा जिल्ला संग जोडिएको नेपाल भारतको सिमानाकामा सामान चेकजाँच गरेको विषयमा विवादमा कुटपिट हुँदा २ प्रहरी घाइते भएका छन् । जिल्लाको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा विवाद भएको हो । नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र … Read more

सामाजिक सुरक्षा कोषको बारा र पर्साका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बारा, पुस २९ गते । सामाजिक सुरक्षा कोषले बाराको सिमरामा बारा र पर्साका पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा जानकारी दिनका लागि सामाजिक सुरक्षा कोषले आज सिमराको होटेल श्रेष्ठ रेसिडेन्सीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । वि. सं २०७६ साउनबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा … Read more

जीतपुरसिमरा भित्रका विद्यालय माघ ६ गतेसम्म बन्द रहने

बारा, पुस २९ गते ।  जीतपुरसिमरा उपमहानगरपालिकाले माघ ६ गतेसम्मका लागि हिउँदे विदा थपेको छ । बाक्लो हुस्सु र चिसोका कारण पुस १९ गतेदेखी विदा दिदै आएको उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै विदा थप गरेको हो । उपमहानगरपालिकाले पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द गर्नेगरी विदा दिएको हो … Read more

वडा अध्यक्ष गुप्ताको अध्यक्ष्तामा जीतपुर स्कुलको व्यवस्थापन समिति गठन

एस.एस. पटेल, बारा । पुस २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार सो बिधयालयको व्यवस्थापन समितिको अध्यक्षमा सोहि वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सर्वसम्मतले चयन हुनुभएको हो । जिल्लाकै सबैभन्दा … Read more