मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
गलेश्वर, वैशाख ६ गते । म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा गए राति बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडक पार गर्दै गरेको चितुवा मोटरसाइकल सित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ। … Read more