बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, घरहरु भत्किए

बाजुरा, माघ १०– आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित चितवनमा समेत महसुस भएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। सो … Read more

मन्त्रिपरिषदमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैनः प्रधानमन्त्री

काठमाडौं,माघ १०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नहुने बताएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नैतिक र कानुनी दृष्टिले पनि मन्त्रिमण्डलमा बसेर संविधानमा संस्थागत भएका विषयविरुद्ध बोल्ने छुट नहुने बताएका हुन्। ‘जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको छ। जनताको आन्दोलनको बलमा स्थापित … Read more

राष्ट्रपति निर्वाचन २५ फागुनमा

काठमाडौं, माघ १० गते । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि २५ फागुनमा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो । आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल … Read more

देश विदेशमा थारु गित संगितको लोकपृयता बढ्दै

बारा, माघ ८ गते । पछिलो समय नेपालमा थारु इन्डस्ट्रिको लोकपृयता बढ्दै गएको छ । देशमा नेपाली गित संगित पछि थारु इन्डस्ट्रिको गित संगितलाई धेरै मन पराउन थालिएको छ । पछिलो करिब १ वर्ष देखी नेपालमा थारु इन्डस्ट्रिको म्युजिक भिडियोहरु हेर्ने दर्शकहरु धेरैनै बढेको पाइएको छ । पहिला १ लाख भ्युज ल्याउन नसक्ने उक्त इन्डस्ट्रिमा … Read more

जीतपुरसिमरा: व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने, वडाबाटै काम हुने

एस.एस. पटेल, माघ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको छ । नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको छ । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो । यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय … Read more

धरानमा खुकुरी प्रहार गरी साथीको हत्या

इनरुवा, ६ माघ । सुनसरी जिल्लाको धरानमा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।स्थानीय ३९ वर्षीय हर्कबहादुर … Read more

७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत

काठमाडौं,०६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक रुपमा सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गरेको स्पष्ट पारे । उनले नेपाली राजनीतिमा नैतिकता भन्ने कुरा हराएको पनि गुनासो पोखे । उनले अब के हुन्छ … Read more

उपसभामुख चयनको प्रक्रिया सुरु, आज मनोनयन दर्ता

डेस्क, माघ ६ गते । प्रतिनिधिसभाको उपसभामुख चयनको प्रक्रिया आज सुरु हुँदै छ ।  आज उपसभामुखको उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । शुक्रबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । प्रतिनिधिसभाले बिहीबार मात्रै सभामुख पाएपछि आज उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । उम्मेदवारको नामावली … Read more

दक्षिण कोरियामा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट

एजेन्सी । दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् । राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हाे । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो … Read more

जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न … Read more