चितवन, माघ १३-
चितवनको रत्ननगरमा एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर. ८ बस्ने ४८ वर्षीया सुन बहादुर लोप्चनको साईकलबाट लडेर घटनास्थलमै मृत्यु भएकोे हो ।
लोप्चन शुक्रबार दिउसो बाघमाराबाट रत्ननगर ८ चित्रसारी जाने क्रममा साइकलबाट लडेर बेहोस भएका थिए । मृतको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।