hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetjojobet

बिदा थप: जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २३ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २० गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा दुई दिन थप गरेको छ । विधालय अब जेठ २४ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते  निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते … Read more

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने … Read more

नागरिकता विधेयकको देशभर विरोध गर्छाैँ : एमाले

काठ​माडौं, जेठ २०– नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ। शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ। पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण … Read more

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

काठमाडौं, जेठ २०– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते … Read more

तत्काल पानी पर्ने सम्भावना न्यून,अझै तापक्रम बढ्ने

बारा, जेष्ठ १९ गते । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ। पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने … Read more

भोलीबाट सिमरामा प्रदेश स्तरीय कराँते प्रतियोगिता सुरु

बारा, जेष्ठ १८ गते । बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा … Read more

भायानेट संग ग्राहकहरु रुष्ट बन्दै, सेवा राम्रो नभएको गुनासो

बारा, जेष्ठ १८ गते । नेपाली बजारको चर्चित इन्टरनेट प्रदायक कम्पनी भायानेट संग ग्राहकहरु असन्तुष्ट बन्दै गएका छन् । भायानेट संग ग्राहकहरु रुष्ट बन्दै समाजीक संजाल मार्फत बाईकट भायानेटको ट्रेन्ड चलाएका हुन । विभिन्न किसिमको प्रलोभन देखाई ग्राहकहरु संग १ वर्षको रिचार्ज गराई एक महिनामै इन्टरनेट धेरैनै स्लो भएको ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुका … Read more

महोत्तरी: खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु

महोत्तरी, जेठ १८- महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो । गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा … Read more

अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २० गते सम्मका लागि बन्द

बारा, जेष्ठ १७ गते । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको छ । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको हो । अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले … Read more

नागरिकता विधेयक प्रमाणीकरण हुनु नयाँ जनादेशको अवमूल्यनः रास्वपा

बारा,जेठ १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई नयाँ जनादेशको अवमूल्यन भनेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण‍ीकरण नगरी रोकेर राखेको विधेयक प्रमाणीकरण गरेका थिए । पुरानो संसदबाट पास भएको कुरालाई कायम गरिनु नयाँ संसदको अवमूल्यन भएको रास्वपा प्रवक्ता डा मुकुल ढकालले बताए । ‘नयाँ जनादेश आएर नयाँ संसद … Read more