जीतपुरमा फेरि चक्काजाम, फुटपाथ व्यवसायीको व्यवस्थापनसहित हटाउन माग     जाडो कपडा बिक्रीका लागि ३ महिना समय दिनुपर्ने माग

रञ्जन यादब /बारा बिरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर बजार क्षेत्रमा सोमबार सडक तथा फुटपाथ व्यवसायीहरूले चक्काजाम गरेका छन्। आईतबार सटर व्यवसायीहरूको आन्दोलनपछि उत्पन्न विवादलाई स्मरण गर्दै गरिएको चक्काजामका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो। सडक तथा फुटपाथ व्यवसायीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थापनबिना सडकबाट हटाउन नहुने धारणा राख्दै कम्तीमा तीन महिनासम्म जाडो कपडा बिक्री गर्न समय दिनुपर्ने … Read more

लोट्स एकेडेमीले मधेश प्रदेशमै पहिलोपटक ‘लोटस फाइन डाइनिङ कार्यक्रम’

रञ्जन यादब /बारा लोट्स एकेडेमी, सिमराले मधेश प्रदेशमै पहिलोपटक ‘लोटस फाइन डाइनिङ कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अभ्यास र व्यावसायिक सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले सहभागी अतिथिहरूको विशेष ध्यान आकर्षित गरेको थियो ।कार्यक्रमका लागि एकेडेमीको होटल म्यानेजमेन्ट प्राङ्गनलाई पूर्ण रूपमा आधुनिक रेष्टुरेन्टको स्वरूप दिइएको थियो। प्रवेशदेखि सेवा … Read more

जीतपुरमा चक्काजाम, ६ लेन सडकमा १ घण्टा ३० मिनेट यातायात अवरुद्ध ,उपमहानगरको स्पष्टिकरण ः त्रिभुवन राजपथ संघीय सरकारको क्षेत्राधिकार

रञ्जन यादब /बारा बिरगंज–पथलैया ६ लेन सडक खण्डअन्तर्गत त्रिभुवन राजपथको बाराको जीतपुर बजार क्षेत्रमा आइतबार सटर व्यवसायीहरूले चक्काजाम गरेका छन्। करिब १ घण्टा ३० मिनेटसम्म सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भई यात्रुहरू सास्ती खेप्न बाध्य भएका थिए। सडक र फुटपाथ मिचेर भइरहेको व्यापारका कारण आफ्ना सटरको व्यवसाय प्रभावित भएको, आवागमनमा समस्या आएको र दुर्घटनाको … Read more

सामुदायिक वनको साझा यात्रा ः थानी माई सामुदायिक वन समूहको २०औँ साधारणसभाबाट नयाँ प्रतिबद्धता,अध्यक्षमा पुनः अधिकारी

रञ्जन यादब \बारा सिमराको हरियालीसँग जोडिएको एउटा साझा इतिहास फेरि एकपटक जीवित बन्यो, जब थानी माई सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न ग¥यो। सामुदायिक सहभागिता, संरक्षणको चेतना र साझा उत्तरदायित्वको सन्देश बोकेको उक्त कार्यक्रम समूहका अध्यक्ष गोबिन्द अधिकारी(बिनोद)को सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव … Read more

तारे होटलमा श्रमिकको सम्मान ः नेपाल एग्रो टुल्सले देखायो उद्योग संस्कृतिको नयाँ अनुहार

रञ्जन यादब /बारा बारा जिल्लाको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालित नेपाल एग्रो टुल्स प्रा.लि. ले उद्योग र श्रमिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरालाई व्यवहारमै उतारेर देखाएको छ। श्रमिक–मालिक विवादका समाचारले औद्योगिक करिडर तातेका बेला उक्त उद्योगले आफ्ना श्रमिकप्रति देखाएको सम्मान र अपनत्वले सबैको ध्यान खिचेको छ। उद्योगमा कार्यरत करिब ८० जना श्रमिक तथा … Read more

विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्न सिमरामा प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता

रञ्जन यादब /बारा बाराको सिमरामा शैक्षिक खेलमार्फत विद्यार्थीको भाषा र सोच्ने क्षमताको विकास गर्ने उद्देश्यसहित दोस्रो प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिता आयोजना गरिएको छ। ‘स्क्र्याबल च्याम्पियनशिप २०२५’ नाम दिइएको उक्त प्रतियोगिता सिमरास्थित सिमरा पब्लिक इङ्ग्लिस स्कुलको आयोजनामा दुई दिनसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा बारा जिल्लाका १५ वटा निजी विद्यालयसहित पर्सा र सिरहाका विद्यालय गरी जम्मा २५ … Read more

बोनस विवादमा उद्योग बन्द गराउने प्रयासप्रति जगदम्बा स्टील्सको आपत्ति

बारा । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले हाल सञ्चालन गरेका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा श्रमिक युनियनले बोनस वितरणको विषयलाई लिएर गलत सूचना प्रवाह गर्दै उद्योग बन्द गराउने वातावरण सिर्जना गर्न खोजिएको आरोप लगाएको छ। विज्ञप्तिअनुसार श्रमिक युनियनले मिति २०८२/०८/०९ गते पत्रकार सम्मेलन गरी उद्योगको आन्तरिक विषयवस्तु र व्यवस्थापनसम्बन्धी कुरालाई … Read more

लुमन्तिले कलैयामा दस्तावेजीकरण अधिकृत माग्यो

  रञ्जन यादब/बारा/ आवासको लागि सहयोग समूहले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा सञ्चालन भइरहेको कम्युनिटी रेजिलिएन्स पार्टनरसिप प्रोग्राम (CRPP) का लागि दस्तावेजीकरण अधिकृत पदमा कर्मचारी माग गरेको छ। हुवाइरू कमिसन महिला नेतृत्वमा आधारित विश्वव्यापी सञ्जालको आर्थिक सहयोगमा फेब्रुअरी २०२४ देखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत महिलाहरूको समूह तथा सञ्जालको नेतृत्व क्षमता विकास, उनीहरूको दैनिकी र जीविकोपार्जनमा असर … Read more

६ लेन सडक छेकेर भइरहेको व्यापार हटाउन जीतपुरसिमरा उपमहानगरपालिकाको आग्रह

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अनाधिकृत रूपमा जीतपुर बजार क्षेत्रमा निर्माण गरिएको ६ लेन सडक छेकेर सडकमै भइरहेको व्यापारिक गतिविधि तत्काल हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा गम्भीर असर परेको जनाएको छ। उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाईद्धारा जारी सुचनामा ६ लेन सडक क्षेत्रमा … Read more

अत्यधिक चिसो बढेपछि जीतपुरसिमराका विद्यालयमा तीन दिनको बिदा

रञ्जन यादब /बरा अत्यधिक चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा तीन दिनको बिदा दिएको छ। उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा बिदा दिने निर्णय गरेको हो। सूचनामा मौसम अत्यन्त चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेकाले एहतियात स्वरूप बिदा दिइएको उल्लेख गरिएको … Read more