hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

रामवन एकादशी समूहद्वारा छटीघाट मर्मत सम्पन्न, बृद्धा आश्रम र धार्मिक सामग्रीमा पनि सहयोग

रञ्जन यादब/ बारा बाराको  जीतपुरसिमरा -६  रामवन क्षेत्रमा सक्रिय रामवन एकादशी समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित रकम प्रयोग गरी छटीघाटको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छटीघाटको संरक्षण र व्यवस्थापनमा समूहले सक्रिय भूमिका खेलेको हो। एकादशी समूहकी प्रतिनिधि सिता ढुङ्गानाका अनुसार संकलित रकममध्ये एक हिस्सा बृद्धा आश्रमलाई सहयोगस्वरूप प्रदान गरिएको छ … Read more

सेयर सदस्यबाहेकसँग कारोबार नगर्न जीतपुरसिमरा उपमहानगरपालिकाको कडा निर्देशन

रञ्जन यादब /बारा  जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थालाई सहकारीमा आबद्ध सेयर सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिसँग बचत तथा ऋण कारोबार नगर्न कडा निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमा सहकारी संस्थाहरूले गैर–सदस्य व्यक्तिसँग समेत कारोबार गरिरहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन गरिएको उल्लेख छ। सहकारीको मूल सिद्धान्त, सहकारी ऐन … Read more

सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमित अधिकारी

रञ्जन यादब /बारा सिमरा जेसीजले आगामी वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै सुमित अधिकारीलाई अध्यक्षमा जिम्मेवारी दिएको छ। शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन अधिकृत लक्की रिमालका अनुसार कार्यकारिणी उपाध्यक्षमा भरत आचार्य र रामपुकार चौधरी चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा रविन शाह, रुपम शर्मा, विवेक साह … Read more

जीतपुरसिमरामा सामुदायिक विद्यालयको अस्तित्व समाप्त गर्न सक्रिय समूह, विद्यालय भवनै भत्काइयो

  रञ्जन यादब/बारा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको श्री गौतमबुद्ध आधारभूत विद्यालय नियोजित रूपमा समाप्त पार्ने प्रयास भइरहेको आरोप सार्वजनिक बनेको छ। दिनदहाडै विद्यालयको भवन नै भत्काइएकाे पाइएको छ भने यसबारे स्थानीय सरकार र प्रशासन मौन बसेको भन्दै अभिभावक तथा सचेत स्थानीय आक्रोशित भएका छन्। स्थानीयका अनुसार विद्यालयको नाम, निसाना र पूर्वाधार नै हटाउने उद्देश्यसहित केही व्यक्तिहरू मिलेर … Read more

न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न

न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए । पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे  आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा … Read more

पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी

  रञ्जन यादब/बारा सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।   त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले … Read more

जितपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख पाैडेलकाे बाेल्ड निर्णय ,सात निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईयो

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो। उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि … Read more

सरकारमा सहभागिताको दबाबमा माओवादी केन्द्रका नेता भट्टराई

बारा — मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई (समिर) लाई सरकारमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ताले तीव्र दबाब दिएका छन्। अघिल्लो मधेस सरकारमा पर्यटन मन्त्रीको रूपमा ५४ दिनको छोटो कार्यकालमै उल्लेखनीय काम गरेर पहिचान बनाएका भट्टराई पुनः सरकारमा फर्किनुपर्ने आवाज माओवादी भित्र तीव्र बनेको छ। मन्त्री भइसकेका बेला उनले … Read more

पर्सागढीकाे टाँडिबाट दुई थान अवैध काठकाे गाेलिया बरामद

  पर्सागढी नगरपालिका वडा नं. ८ टाँडिबाट दुई थान काठका गोलिया बरामद गरिएको छ। डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदका अनुसार बढ्निहार साझेदारी बन क्षेत्रबाट साइकलमा ल्याइ बाँसको झाङ र पोखरी नजिक लुकाइएका अवस्थामा विशेष सूचनाका आधारमा गएकाे बन गस्ती टोलीले काठ बरामद गरेको हो। बरामद काठ करिब १० क्युफिट बराबरको रहेको बढ्निहार … Read more

बारामा ठूलो मात्रामा काठ तस्करी नियन्त्रण, एक जना पक्राउ

रञ्जन यादब / बारा बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्। मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक … Read more