प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित
काठमाडौं, माघ १- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । … Read more