सामाजिक सुरक्षा कोषको बारा र पर्साका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बारा, पुस २९ गते ।

सामाजिक सुरक्षा कोषले बाराको सिमरामा बारा र पर्साका पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा जानकारी दिनका लागि सामाजिक सुरक्षा कोषले आज सिमराको होटेल श्रेष्ठ रेसिडेन्सीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

वि. सं २०७६ साउनबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २८ अर्व रकम सञ्चित भैसकेको छ । जसमध्ये ५७ हजार ३ सय ४० जना श्रमिकहरुले दावी भुक्तानी पाइसकेको बताइइको थियो । यसमा दुई अर्व रकम दावी भुक्तानी गरिसकेको कार्यक्रममा अन्तरक्रिया कार्यक्रममा बताएको थियो ।

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशमा ८ सय २ रोजगारदाता कम्पनी आवद्ध भएका छन् भने १७ हजार ५ सय ७३ जना आवद्ध भैसकेका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता एवं उपनिर्देशक रोहित रेग्मीले बताउनु भयो ।

सामाजिक सुरक्षा कोष सिमरा शाखाका प्रमुख ऋषिराम पाण्डेको सभाध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कोषका सहप्रवक्ता एवं उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आयको निरन्तरताको सुनिश्चितता भएको उल्लेख गर्नुभयो । उहाँले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताउनुभयो । यस्तै सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, हरेक नागरिकको मौलिक अधिकारका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापित गरिनुपर्ने लगायतका कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

सामाजिक सुरक्षा कोष ऐनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताउनु भयो ।