रौतहट, पुस ३० गते ।
रौतहटबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछवा बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा क्षेत्र बाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको सुचनाको आधारमा रौतहट प्रहरीले मदिरा नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देखेपछि गाडी चालक भने फरार भएको तथा गाडीबाट १ सय २२ कार्टुन सौफी मदिरा बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो ।भारतको बिहार राज्यमा सरकारले मदिरा निषेध गरेकोले नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको प्रहरीको भनाइ छ।