बाराको सिमानाकामा सामान चेकजाँच गर्ने क्रममा विवाद, दुई प्रहरी घाइते

बारा, पुस ३० गते ।

बारा जिल्ला संग जोडिएको नेपाल भारतको सिमानाकामा सामान चेकजाँच गरेको विषयमा विवादमा कुटपिट हुँदा २ प्रहरी घाइते भएका छन् । जिल्लाको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा विवाद भएको हो ।

नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र प्रहरी हवल्दार उमेश पण्डित घाइते भएका हुन्साछन् । साइकलमा राखि ल्याउँदै गरेको सामानको बोरा चेकजाँच गर्दा विश्रामपुर गाउँपालिका–१ कल्याणपुर बस्ने मनोहर पटेल र धर्मेन्द्र पटेल लगायतले थप स्थानीयलाई जम्मा गरी दुबै प्रहरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कुटपिटबाट दुबै प्रकरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उपचारपछि दुबै प्रहरी पुन कार्यरत प्रहरी कार्यालयमा फर्किएको र कुटपिटमा संलग्न रहेको आरोपमा पटेलद्वयलाई पक्राउ गरी आवशयक अनुसन्धान भइरहेको जिल्ला प्ररही कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो