कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी, चैत्र १८-  कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम … Read more

रास्वपाले बारा-२ मा बनायो रमेश खरेललाई उम्मेदवार, तनहुँमा वाग्ले र चितवनमा लामिछाने

बारा, चैत्र १७ गते । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट रमेश खरेल लड्ने निश्चित भएको छ । त्यस्तै चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ बाट डा. स्वर्णिम वागले उम्मेदवार बन्ने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एउटा सूचना जारी गर्दै उपनिर्वाचन हुने … Read more

उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

सिमरा, १७ चैत्र । जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधी उचाल्ने दाउमा हुनेछन् । जारी सिजनमा दुबै टिम उपाधीविहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च … Read more

नारायणगढ-पथलैया सडकमा अर्को वर्ष दुई फ्लाइओभर बन्दै, वन्यजन्तुमैत्री हुने

बार,चैत १७ गते । नारायणगढ-पथलैया सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण हुनेभएको छ । सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) का आयोजना उपप्रमुख राकेश महर्जनका अनुसार यो प्रकारको वन्यजन्तु मैत्री ओभरहेड ब्रिज नेपालकै पहिलो हुने छ। उनका अनुसार अहिलेसम्म आयोजना लगभग २ वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजनामा रहेको छ। … Read more

उपनिर्वाचनका लागि बारा–२ मा २६ दल दर्ता हुँदा चितवन–२ मा १८ र तनहुँ–१ मा २६ दल दर्ता

बारा, चैत्र १७ गते । बारा–२ र तनहुँ–१ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो। यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ … Read more

रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

काठमान्डौँ, चैत्र १७ गते । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । ‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको … Read more

तीन बजे नवनियुक्त मन्त्रीको शपथ हुने

काठमान्डौँ, चैत्र १७ गते । सत्तारुढ गठबन्धनभित्र सरकारमा सहभागीतको भागबण्डा टुङ्गिसकेको र दलहरुलाई प्रधानमन्त्री दाहालले १ बजेभित्र मन्त्रीहुने ब्यक्तिहरुको नाम आफूलाई दिन समयसीमा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री दाहालले नवनियुक्त हुने मन्त्रीहरुलाई शपथ ग्रहणको समय मिलाउन आजै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आग्रह गरेका थिए। राष्ट्रपति कार्यालयले पनि आजै अपरान्ह … Read more

लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा भारतमा एकै परिवारका ६ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

दिल्ली, चैत १७- दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए । घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त … Read more

सहमतिममा सौगात र सृष्टिले गरे ब्रेकअप

काठमाडौं, चैत १७ अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। आफूहरूको ब्रेकअप भएको अभिनेता सौगातले पुष्टि गरेका छन्। ‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं,’ … Read more

बारा: परीक्षा हलमा मोबाइल छिराएर प्रश्नपत्रको फोटो खिच्ने र बाहिर बस्ने दुई जना प्रकाउ

बारा, चैत १७ गते । एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको थियो । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर … Read more