रास्वपाले बारा-२ मा बनायो रमेश खरेललाई उम्मेदवार, तनहुँमा वाग्ले र चितवनमा लामिछाने

बारा, चैत्र १७ गते ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट रमेश खरेल लड्ने निश्चित भएको छ । त्यस्तै चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ बाट डा. स्वर्णिम वागले उम्मेदवार बन्ने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एउटा सूचना जारी गर्दै उपनिर्वाचन हुने तीनवटै क्षेत्रका लागि आधिकारिक उम्मेदवारहरुको बारेमा जानकारी गराएको हो ।

रास्पाको आन्तरिक प्रतिष्पर्धामा बारा-२ का लागि सिफारिस भएका अर्का उम्मेदवार युवराज न्यौपानेले खरेललाई समर्थन गरेपछि उनि पार्टीबाट निर्विरोध उम्मेदवर बनेका हुन् ।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा लामिछाने, खरेल र वाग्लेलाई अन्य उम्मेदवारहरुले सम्रथान गर्ने प्रतिबद्धता व्यक्त गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।