hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्य सम्म अधिग्रहण हुने दावी गरे।

मेयर साहले भने वर्षो देखि क्रिकेट खिलाड़ीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने बताए ।  जग्गा अधिग्रहणको ७५ प्रतिशत काम आषाढ़ मसान्तसम्म सकिने र त्यस पछि स्टेडियम निर्माणको लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका छन ।

रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खेलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ साल देखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड़ रुपैया विनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाइ प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझलमा परेको छ ।

क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उदघाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल लगायतले आ आफ्नो मंतव्य राखेका थिए भने कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको थियाे । 

मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका- १ ले गौर नगरपालिका- ५ को टीम लाइ पराजित गर्दै विजयी शुरुवात गरेको हो।