hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

काठमाडौं, पुस २-

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूलाई सचिवकै सामु आलोचना गर्नु रहेको छ।

चालु आर्थिक वर्षको सुरुका तीन महिनामा सरकारको प्रगति सोचेभन्दा धेरै कमजोर भएपछि प्रधानमन्त्री दाहालले बिहीबार बसेको त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूको आलोचना गरेका थिए। त्रैमासिक प्रगति प्रतिवेदनमै ४ प्रतिशत पनि काम अघि नबढेको र कुनै पनि परियोजनाको कार्य प्रगति सन्तोषजनक नभएपछि प्रधानमन्त्री दाहाल आफ्ना सहकर्मीहरूमाथि खनिएका थिए।

त्यतिबेला प्रधानमन्त्रीलाई मन्त्रीहरूले केही नभने पनि लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरूले प्रधानमन्त्रीसामु झोक निकालेका हुन्। प्रधामन्त्री कार्यालयले तयार पारेको रिपोर्टमा सरकार असफल देखिएको छ। नियमित बैठक बस्नुअघि बिहीबार नै प्रधानमन्त्री दाहालले सबै मन्त्रालयका त्रैमासिक रिपोर्ट लिने क्रममा मन्त्रीहरूको काम चित्तबुझ्दो नभएको बताएका थिए।

मन्त्रिपरिषद् रहेका सदस्यहरू हेरफेर गर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको आलोचना भएको हो। ‘सुरुमा प्रधामन्त्रीले मन्त्रीहरूको आलोचना गर्नुभएको थियो तर मन्त्रिपरिषद्को बैठकमा भने प्रधानमन्त्रीकै आलोचना भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।

प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको र अर्थमन्त्रीले काम गर्न नसकेको भन्दै बिहीबारको त्रैमासिक समीक्षा बैठकमा भनाइ राखेका थिए। त्यसैगरी वन तथा वातावरण, भौतिक योजना, सहरी विकास, कृषि तथा पशुपक्षी, संस्कृत तथा पर्यटन मन्त्रालयका कामकारबाहीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।