अदालतको अन्तरिम आदेश पछि जीतपुरको गौशालामा नगरले लगाएको ताला हटाइयो

बारा, वैशाख २९ गते ।

उच्च अदालतले नगरपालिकालाई गौशालाको जग्गामा कुनै किसिमको अवरोध गर्न अन्तिम आदेश जारी गरे पनि शुक्रबार गौशालाका पदाधिकारीहरूले नगरपालिकाले लगाएको ताला हटाएर आफ्नो ताला लगाए हुन् ।

वैशाख १७ गते जीतपुरसिमरा उपमहानगरपालिकाले विरगञ्ज जीतपुर गौशालाको उपशाखा जीतपुरको जग्गामा बनेको संरचना माथि डोजर चलाउदै संरचना भत्काएको थियो । संरचना भत्काएर गौशालालाई आफ्नो नियन्त्रणमा लएको थियो ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाले गौशालाले बनाएको संरचना भत्काए पछि गौशाला पछले उच्च अदालत जनकपुर स्थायी इजलास विरगञ्जबाट अन्तरिम आदेश ल्याएको थियो ।

उच्च अदालतले जीतपुरसिमरा उपमहानगरपालिकालाई गौशालाको संरचना र गौशालामा कुनै किसिमको अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतको अन्तरिम आदेश: