रामनवमीको अवसरमा मधेशमा भोली सार्वजनिक विदा

बारा, चैत्र १५ गते ।

मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो ।

हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो ।

मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।