hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

काठमाडौं, माघ १९–

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन्। उनी पहिलो पटक नेपाल आएको पाण्डेको भनाइ छ।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए। उनलाई पक्राउ गरि अहिले गौसाला प्रहरी वित्तमा राखिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।