hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारा प्रहरीले बिभिन्न मुद्दाका फरार ३३२ जनालाई एकै दिनमा गर्यो पक्राउ

बारा, माघ ११ गते ।

बिभिन्न मुद्दामा फरार रहेका ३३२ जनालाई बारा प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट एकै दिन पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत गत माघ ९ गते बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाएको छ।

लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखी बैकिङ्ग कसूर मुद्दामा रु.७,००,०००/- जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २।११।०६ दिन कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगायत छन।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन ।

फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको थियो । साथै यस्तो कारवाहीलाई अगामी दिनमा समेत निरन्तरता दिइनेछ प्रहरीको भनाइ छ ।