जीतपुरसिमरा–४ मा पहिलोपटक महिला वडा सभापति

रञ्जन यादव / बारा

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा पहिलोपटक महिला वडा सभापति निर्वाचित भएकी छन्। शनिबार सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनले सक्रिय महिला नेतृ रुक्मिणी उपाध्यायलाई सर्वसम्मत रूपमा वडा सभापतिमा चयन गरेको हो।


उपाध्यायको नेतृत्वमा १३ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। यस्तै, अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरेको जनाइएको छ।
वडा सभापतिमा पहिलोपटक महिला निर्वाचित भएसँगै स्थानीय कांग्रेस संगठनमा महिलाको नेतृत्वदायी सहभागिता थप बलियो बनेको सहभागीहरूले बताएका छन्।
अधिवेशनमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।