रञ्जन यादब /बारा
६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर साना किसान कृषि सहकारी संस्था लि. सिमराले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहकारीका सदस्य तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहजकर्ताको भूमिका कुलोत्तम प्रसाद पोख्रेलले निर्वाह गरेका थिए भने साना किसान बिकाश लघुबित्त बित्तिय संस्था लि. हेटौंडाका प्रबन्धक भोला रिजाल र मुक्तिनाथ बिकाश बैक शाखा बिरगंजका नसिब साह ले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाहरुँले वित्तीय अनुशासन, बचत तथा लगानीको महत्व, ऋण व्यवस्थापन, सहकारीमार्फत कृषिमा लगानी गर्ने तरिका लगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। प्रशिक्षणका क्रममा सहभागीहरूले दैनिक जीवनमा वित्तीय ज्ञानको प्रयोग कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, तथा आयआर्जन बढाउने उपायहरूबारे समेत सिक्ने अवसर पाएका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सहकारीमार्फत सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।उहाँले सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न निरन्तर विभिन्न सीपमूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। साथै, भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले सहकारी सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रममा स्वागत मनतब्य लेखा संयोजक किशोर शर्माको रहेको थियो ।

