hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

अत्यधिक चिसो बढेपछि जीतपुरसिमराका विद्यालयमा तीन दिनको बिदा

रञ्जन यादब /बरा

अत्यधिक चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा तीन दिनको बिदा दिएको छ। उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा बिदा दिने निर्णय गरेको हो। सूचनामा मौसम अत्यन्त चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेकाले एहतियात स्वरूप बिदा दिइएको उल्लेख गरिएको छ।

विशेषगरी बिहानको समयमा बाक्लो कुहिरो, शीतलहर र चिसो हावाका कारण विद्यालय आउजाउ गर्ने बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै उपमहानगरपालिकाले यो निर्णय लिएको हो।उपमहानगरपालिकाका अनुसार नगरभित्रका सबै विद्यालयहरू मंसिर १३ गते आइतबारदेखि नियमित रूपमा पुनः सञ्चालन हुनेछन्। यस अवधिमा विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकलाई बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गरिएको छ।

यसैबीच, चिसो बढ्दै गएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई न्यानो कपडा प्रयोग गर्न, बिहान बेलुका अनावश्यक रूपमा बाहिर ननिस्कन र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ।