hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारा–पर्सा करिडोरका मजदुरको माग ः न्यूनतम तलबदेखि बोनससम्म

रञ्जन यादब /बारा

बारा–पर्सा औद्योगिक करिडोरका मजदुरहरूले श्रम कानुनअनुसार तोकिएका सेवा–सुविधा कार्यान्वयन गर्न माग गर्दै सोमवार स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघको नेतृत्वमा सिमरास्थित जगदम्बा स्टिल, भगवती स्टिल र त्रिवेणी स्पिनिङ मिल छातापिपरामा कार्यरत मजदुरहरूले ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रशासन कार्यालय सिमरामा ¥यालीसहित प्रशासन कार्यालय पुगेर आफ्नो मागहरू औपचारिक रूपमा राखेका हुन्।

मजदुरहरूको प्रमुख मागमा सरकारद्वारा साउन १ गतेदेखि लागू भएको न्यूनतम तलब कार्यान्वयन, त्रिवेणी स्पिनिङका श्रमिकमाथि लगाइएका अनुशासनात्मक कारबाही फिर्ता, जगदम्बा स्टिलमा सम्झौताअनुसार दसैँ बोनस उपलब्ध गराइनु, श्रमिकविरुद्धका झुटा मुद्दा खारेज तथा उद्योगभित्र प्रहरीको अनावश्यक हस्तक्षेप रोक्नुपर्ने लगायतका विषय छन्। अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिनाले करिडोरका मुख्य उद्योगहरूमा श्रमिकले कानुनअनुसारको सुविधा माग्दा उल्टै तनाव र झडपको वातावरण सिर्जना भएको आरोप लगाए। उनका अनुसार त्रिवेणी स्पिनिङमा जेठ महिनामा भएको आन्दोलनपछिको घटनालाई कारण देखाएर ३६ जना मजदुर नेतामाथि गरिएको कारबाही फुकुवा गर्नुपर्ने मजदुरहरूको साझा माग छ।जगदम्बा स्टिलका मजदुरले पनि २० वर्षदेखि पाउँदै आएको बोनस यस वर्ष रोकिएको भन्दै विरोध जनाएका छन्।

उता त्रिवेणी स्पिनिङ उद्योग बन्द भएपछि १५०० भन्दा बढी मजदुर रोजगारीविहीन बनेका छन्। ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद कँडेलले मजदुरको गुनासो तुरुन्तै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइने आश्वासन दिए। यता, उद्योग र श्रमिकबीच पछिल्ला दिनमा बढ्दो तनाबबारे मधेश प्रदेश उद्योग विभागका महानिर्देशक सुशील कुमार साहले दुवै पक्षबीच संवादमार्फत समस्या समाधानका लागि विभाग सक्रिय हुने बताएका छन्।