hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमराले गम्भीर रोगीलाई औषधि–उपचार खर्च वापतको रकम बितरण

रञ्जन यादब /बारा

जितपुरसिमरा उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगबाट पीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई प्रदान गरिने औषधि–उपचार खर्च वापतको मासिक सहायता रकम पहिलो त्रैमासिकका लागि भुक्तानी गरेको छ।

उपमहानगरपालिकाले २०८२ साल श्रावणदेखि असोजसम्मका तीन महिनाका लागि प्रति बिरामी मासिक ५ हजार रुपैयाँका दरले रकम सम्बन्धित व्यक्तिहरूको बैंक खातामा सीधे जमा गरिदिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।उपलब्ध तथ्याङ्कअनुसार ९७ जना पुराना बिरामीलाई कूल १४ लाख ५५ हजार रुपैयाँ र ११ जना नयाँ बिरामीलाई १ लाख ५५ हजार रुपैयाँ गरी कुल १६ लाख १० हजार रुपैयाँ वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ।

गम्भीर रोगसँग जुधिरहेका नागरिकलाई उपचारमा सहयोग पु¥याउन यो योजना अत्यन्तै महत्वपूर्ण रहेकाले भुक्तानी प्राप्त भएका सम्पूर्ण लाभार्थीलाई जानकारी गराइएको उपमहानगरपालिकाले जनाएको छ।