hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगितामा लोटस एकेडेमी बन्यो च्याम्पियन

रञ्जन यादब /बारा

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ मा रहेको लोटस एकेडेमीको खेलमैदानमा आज सम्पन्न नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक लोटस एकेडेमीले हात पारेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा लोटस एकेडेमीले एक्स सर्भिसम्यानलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। कार्तिक २५ गतेदेखि सुरु भएको प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा रहेका एक्स सर्भिसम्यानका खेलाडीहरूलाई लोटस एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल रामप्रसाद अधिकारीले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो। त्यस्तै विजेता टोली लोटस एकेडेमीका खेलाडीहरूलाई प्रमुख अतिथि तथा जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख श्री भोलाप्रसाद अधिकारीले मेडल, प्रमाणपत्र र ट्रफी वितरण गर्नुभयो।प्रमुख अतिथि अधिकारीलाई पनि विद्यालयतर्फबाट सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

समापन समारोहको सञ्चालन लोटस एकेडेमीका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए। लोटस एकेडेमीले आयोजना गरेको यो प्रतियोगिता खेलकुदमार्फत बालबालिकाको क्षमताविकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय अभिभावक र सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन्।

उपप्रमुख भोला अधिकारीले विजेता तथा उपविजेता दुवै विद्यालयका खेलाडीहरूलाई ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। उपप्रमुख अधिकारीले खेलकुदलाई उपमहानगरपालिकाले गम्भीरतापूर्वक प्राथमिकता दिएको बताउँदै सरकारले विद्यालय स्तरमै खेलकुदको विकासका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।उहाँले उपमहानगरपालिका तर्फबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताजस्ता ठूला खेलकुद कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको जानकारी पनि दिनुभयो।अधिकारीले संस्थागत विद्यालयहरूले खेलकुद क्षेत्रमा देखाएको अग्रसरता र लगनशीलता प्रति आभार व्यक्त गर्दै शिक्षा तथा खेलकुद दुवै क्षेत्रमा हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।“शिक्षा र खेलकुद दुवै समान रूपमा विद्यार्थीको व्यक्तित्व विकासका आधार हुन्। विकासका सबै क्षेत्रमा काँधमा काँध मिलाएर अघि बढ्नु आजको आवश्यकता हो,” उपप्रमुख अधिकारीको भनाइ थियो।

समापन समारोहको सभापतित्व लोटस एकेडेमीका सञ्चालक प्रिन्सिपल अधिकारीले नै गर्नुभएको थियो। प्रमुख अतिथि उपप्रमुख अधिकारीको उपस्थितिमा सम्पन्न समारोहमा सिमरा क्षेत्रका विभिन्न विद्यालयका प्रिन्सिपल, समाजसेवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीमध्ये सिमरा पब्लिक स्कुलका प्रिन्सिपल तथा सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, बारा एकता स्कुलका प्रिन्सिपल मदन रिजाल, पाथिभरा इङ्लिस स्कुलका प्रिन्सिपल लक्की रिमाल, राष्ट्रिय विभूति शिक्षा सदनका प्रिन्सिपल सागर ठाडा मगर, अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तामाङ, सेन्ट जोन्स एकेडेमीका प्रिन्सिपल विजय श्रेष्ठलगायतका शिक्षासेवीहरूको उपस्थिति विशेष उल्लेखनीय थियो।

त्यसैगरी होली गार्डेन पत्लैयाका प्रिन्सिपल भुवन राई, मिसन एकेडेमी ओचिडीका प्रिन्सिपल सन्दिप लामा, एक्स सर्भिसम्यानका प्रिन्सिपल विवेक बोहरा, साना किसान शिक्षा सदनका प्रिन्सिपल चन्द्रिका पन्त, स्नो एपेक्स एकेडेमीका प्रिन्सिपल रामबहादुर चौधरी, पत्रकार तथा समाजसेवी बिदुर खड्का,स्क्र्याबल क्लब तथा कोएस्ट नेपाल एजुकेटिभ मेम्बर भोजराज सुवेदी लगायतको कार्यक्रममा उपस्थित थिए। खेलमा न्यायपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल रेफ्री लखन चौधरी र राम चौधरीलाई लोटस एकेडेमीका सञ्चालक प्रिन्सिपल अधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो।