hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जितपुरसिमरामा ठूलो परिमाणमा लागू–औषधसहित एक महिला पक्राउ

रञ्जन यादब /बारा

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडामा प्रहरीले बिशेष सुचनाको आधारमा छापा मार्दा ठूलो परिमाणमा लागू–औषधसहित एक महिलालाई पक्राउ गरेको छ।

मंगलबार साँझ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरी बल नं. १२ गण उत्तर झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलकबहादुर गुर्मछानको नेतृत्वमा गएको संयुक्त टोलीले लामिडाँडास्थित माईला भन्ने पाल लामाको घरमा खोजतलासी गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशिले जानकारी दिए । तलासीको क्रममा सो घरमा बस्दै आएकी करिब ४० वर्षीया माईली थिङको कोठाबाट करिब साढे छ किलो गाँजा, ट्रमाडोल,स्टासमो एन्टीकोफ र स्टगन २५ नामका विभिन्न ब्राण्डका ट्याबलेटहरू सहित नगद उन्नाइस हजार तीन सय नब्बे रुपैयाँ बरामद गरिएको ईलका प्रहरी कार्यालय सिमराले जनाएको छ।

बरामद लागू–औषध र नगदसहित माईली थिङलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्याइएको हो।प्रहरीका अनुसार उक्त स्थान प्रहरी चौकी जैतपुरबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।