hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

कोल्हबीमा काठको गोलिया सहित दुई जना पक्राउ, एक फरार

रञ्जन यादब /बारा

कोल्हबी सब–डिभिजन बन कार्यालयले पतालगङ्गा नजिकै वन गस्तीका क्रममा अवैध काठ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार रहेको छ। पक्राउ पर्नेमा कोल्हबी नगरपालिका–६ अधनवा बस्ने ३२ वर्षीय रबिन्द्र राम र वडा नं. ३ जुगवा नयाँटोल बस्ने ३३ वर्षीय उमेश चौधरी रहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो।

फरार भएका व्यक्तिको खोजी कार्य भइरहेको पनि उहाँले बताउनुभयो।सब–डिभिजन कार्यालयका सातौं तह अधिकृत बादल लम्सालको नेतृत्वमा गएको बन गस्ती टोलीले तीन वटा साइकिलमा लोड गरी ल्याउँदै गरिएको तीन थान काठको गोलिया बरामद गरेको हो।

बरामद काठ करिब १२ क्युफिट बराबर रहेको जनाइएको छ।पक्राउ परेकालाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको अधिकृत झाले जानकारी दिनुभयो। यसैबीच, स्थानीय क्षेत्रमा बढ्दो अवैध फडानी नियन्त्रणमा लिन बन प्रशासनले गस्तीलाई अझ कडा पारेको जनाएको छ।