औद्योगिक मजदुर संघद्वारा ९ बुँदे मागसहित संघ र श्रम कार्यालयमा ज्ञापनपत्र बुझायो

रञ्जन यादब /बारा

अखिल नेपाल औद्योगिक मजदुर संघ मधेस प्रदेश समितिले मजदुरका हकहितका लागि ९ बुँदे मागसहित उद्योग वाणिज्य संघ बिरगंज र श्रम कार्यालय बिरगंजमा ज्ञापनपत्र पेश गरेको छ । संघले श्रमिकलाई खान पुग्ने पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, ठेक्का प्रणाली अन्त्य गरी नियमित कामदारको रूपमा स्थायी रोजगार दिनुपर्ने लगायतका माग अघि सारेको हो।

संघले निकट भविष्यमा प्रत्येक प्रतिष्ठानमा पुगेर श्रमिकहरूको अवस्था, रोजगारदाताले गरेका श्रम कानुन उल्लङ्घनका गतिविधिबारे लिखित रिपोर्ट तयार गर्ने र त्यसका आधारमा कानुनी तथा व्यवहारिक संघर्ष सञ्चालन गर्ने तयारी गरेको उद्योग मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिनाले जानकारी दिए । साथै उनले व्यापक मजदुर जागरण अभियान पनि सञ्चालन गरिने जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका सचिव अर्जुन चिमरिया, मधेस प्रदेश अध्यक्ष केदार देव, उद्योग मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिना, केन्द्रीय सदस्यहरु अक्षय कुमार ओझा, लालबहादुर पटेल, गजाधर पटेल तथा प्रदेश महासंघ पदाधिकारीहरू टुनटुन तिवारी, रामेश्वर पटेल, कृष्णप्रसाद पुडासैनी, रुपनारायण सिंह लगायतको उपस्थिति रहेको थियो।त्यस्तै, औद्योगिक मजदुर संघका केन्द्रीय सदस्य डि.बी. थापा, मदन साह, सत्रुधन झा, प्रदेश सचिव वीरबहादुर थापा तथा बिरगंज–पथलैया कोरिडोर अन्तर्गतका विभिन्न प्रतिष्ठान इकाइका अध्यक्ष तथा पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।