रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ ले अपाङ्गता भएका आर्थिक रूपमा कमजोर परिवारलाई आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख रुपैयाँ बराबरका ४ वटा पाडी वितरण गरेको छ ।
वडाको लामीडाँडामा आयोजित कार्यक्रममा अपाङ्गता भएका बिपन्न सुरेश राई र मनिक बल तथा परांश टोलका सुनैना देवी पण्डित र सबिया देवी रामलाई पाडी हस्तान्तरण गरिएको हो । वडा कार्यालयको सहजीकरणमा सञ्चालित गरिब अपाङ्गता सम्बन्धी सचेतना तथा आय आर्जन कार्यक्रमु अन्तर्गत सेवा प्रदान गरिएको जनाइएको छ ।
वडाले आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिने वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लले बताए । शारीरिक तथा मानसिक रुपले अपाङ्ग भएका ब्यक्तिहरुको परिवारलाई आर्थिक रुपमा केहि हदसम्म भएपनि टेवा पु्ग्ने उदेश्यले पाडि हस्तान्तरण गरिएको उनले बताए ।कार्यक्रममा उपमेयर भोला अधिकारी, वडा अध्यक्ष चतुरबाबु वाग्ले, अपांग संघ बाराकी गंगा वाग्लेलगायतको उपस्थिति रहेको थियो ।