रञ्जन यादब /बारा
खाद्य सुरक्षा तथा खाद्य सरसफाईका विषयमा होटल तथा रेष्टुरेन्ट व्यवसायी र सरोकारवालाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य शाखाका प्रमुख रबि भास्करले गरेका थिए ।
कार्यक्रममा जीतपुरसिमरा क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरुलाई खाद्य सुरक्षा, स्वच्छता, सरसफाई, पोषण सम्बन्धी आवश्यक जानकारी तथा व्यावहारिक उपायहरुबारे जानकारी दिइएको थियो ।कार्यक्रमले उपमहानगरपालिका क्षेत्रभित्र खाद्य स्वच्छता र स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् ।