रञ्जन यादब /बारा
सोलारबाट बिद्युत उत्पादन गर्ने अपी पावर कम्पणीले सामुदायिक बिद्यालयका ३ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पणीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित आर्दश आधारभुत बिद्यालय बेहरा नहर क्याम्पका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।
शैक्षिक सामग्री बितरणमा स्कुल ब्याग , जुत्ता ,कपी र पेन्सिल रहेको अपी पावर कम्पणीका कार्यकारी निर्देशक सञ्जिब न्यौपानेले बताए शैक्षिक सामग्री लिने बिद्यार्थीहरु अधिकांश दलित समुदायका रहेका छन् । पुर्ब वडा अध्यक्ष असलम देवानको पहलमा कम्पणीले शैक्षिक सामग्री बितरण गरेको थियो । अपी पावर कम्पणीकी अध्यक्ष सृजना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य कम्पणीका सञ्चालक द्धारिका प्रसाद न्यौपानेले ब्यक्त गरेका थिए ।
कार्यक्रममा नगर प्रमुखका राजनितीक सल्लाहकार भरत भण्डारी , पुर्ब वडा अध्यक्ष असलम देवान ,पुर्ब न्यायीक समिती सदस्य कैमुदिन अंसारी , नेकपा एमालेका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम ठकुरी ,कम्पणीका सञ्चालकहरु शतिश न्यौपाने ,ईँद्रमणी धिताल ,मिलन खड्का लगायतको सहभागिता रहेको थियो । अपी पावर कम्पणी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा सञ्चालनको तयारीमा रहेको छ ।