hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

रामवनबाट चार थान सालको काठ बरामद, तस्कर फरार

रञ्जन यादब /पर्सा

वीरगंज महानगरपालिका वडा नम्बर ३२, रामवन क्षेत्रबाट अवैध रूपमा काटिएको साल जातको काठ बरामद गरिएको छ । गए राति करिब १ बजे सवैया सब डिभिजन बन कार्यालयबाट बन कर्मचारी तथा सशस्त्र प्रहरी बल बेस बेलवा टोलीको संयुक्त प्रयासमा उक्त काठ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।

चार वटा साईकलमा लोड चार थान काठ बरामद भएको छ ।सवैया सब डिभिजन बन कार्यालयका रेन्जर भूपाल रोकायका अनुसार चार थान गोलिया, करिब १५ क्युफिट काठ बरामद गरिएको छ । बरामद काठ स्थल नजिकै उज्यालो रहेकाले बिशेष सुचनाको आधारमा गएको बन तथा सुरक्षाकर्मीहरू केही पर बसेका थिए। जब टोली काठ बरामद गर्न दौडेर नजिक पुगे, तब तस्करहरू भाग्न सफल भएका थिए ।

वन तथा सुरक्षाकर्मीहरूले तस्करहरूको खोजी कार्यलाई तीव्र पार्ने बताएका छन ्। साथै, वन अपराध नियन्त्रणका लागि निरन्तर निगरानी जारी रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले बताए ।